Advertisement
SKIP THIS
भारतमा यौन ब्यवसायले पायो कानुनी मान्यता

काठमाडौं :भारतको सर्वोच्च अदालतले यौन व्यवसायलाई पेशाको रुपमा मान्यता दिँदै यौनकर्मीलाई पक्राउ नगर्न र सजाय नदिन आदेश दिएको छ ।

भारतीय सञ्चारमाध्यम द हिन्दुका अनुसार भारतको सर्वोच्च अदालतले नयाँ आदेश दिँदै यौन व्यवसायलाई कानुनी मान्यता दिएको हो ।

‘वयस्क र सहमतिमा हुने यौनकर्मीको काममा हस्तक्षेप नगर्न निर्देशन दिइएको छ,’ अदालतको आदेशमा भनिएको छ, ‘यसप्रकारको व्यवसायीलाई फौजदारी मुद्दामा कारबाही नगर्नु।’

त्यस्तैगरी अदालतले आदेशमै यौन पेशा व्यावसाय गर्नेलाई पनि कानुनले सम्मान र संरक्षण दिनुपर्ने उल्लेख गरिएको छ ।

‘यदि कुनै यौनकर्मी वयस्क छ र आफ्नो इच्छाले यो पेशामा लागेको छ भने प्रहरीले उत्पीडन गर्न सक्दैन्। उसलाई पनि कानुनले सम्मान र संरक्षण दिनुपर्छ,’ आदेशमा थप भनिएको छ ।

अदालतले भारतको संविधानको मौलिकको धारा २१ लाई उल्लेख गर्दै यो आदेश जारी गरेको हो । उक्त धारामा अदालतले पेशा जुनसुकै भए पनि भारतका प्रत्येक व्यक्तिलाई संविधानले सम्मानजनक जीवनयापन गर्ने अधिकार भएको उल्लेख छ ।

न्यायधीश नागेश्वर रावको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले धारा १४२ अन्तर्गत विशेष अधिकारको सन्दर्भमा यस्तो आदेश दिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया