Advertisement
SKIP THIS
बान्नीगढी १ का वडा अध्यक्षको पदभार ग्रहण सहित निवर्तमान जनप्रतिनिधिको बिदाई

निराकरण खवर अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाज्राका नव निर्वाचित वडा अध्यक्ष गजेन्द्र खड्का लगायत अन्य नव निर्वाचीत सदस्य हरुको पदभार ग्रहण सहित निवर्तमान जनप्रतिनिधिको बिदाई गरिएको छ ।

बिहीबार वडामा एक कार्यक्रमका बिच वडा नव निर्वाचीत अध्यक्ष गजेन्द्र खड्का लगायतका जनप्रतिनिधिको स्वागत सहित पदभार ग्रहण र निवर्तमान वडा अध्यक्ष हिरिण्ड बहादुर खड्का लगायत अन्य जनप्रतिनिधिको बिदाइ गरिएको हो ।

वडा अध्यक्षका रुपमा पदभार ग्रहण गर्दै नव निर्वाचित वडा अध्यक्ष खड्काले वडाका नागरिकलाई वडा सरकारको अनुभूति हुने गरि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

कुनैकुनै नागरिकलाई काखा पाखा नगरिने सबैलाई एकनासोको ब्यहार गरिने प्रतिबद्धता ब्यक्त गरे। गाउँको बिकासको लागि सबैले हातमा हात मिलायर अघि नबढ्नुको बिकल्प नभएको नव निर्वाचीत अध्यक्ष खड्काले बताए ।

तपाईको प्रतिक्रिया