Advertisement
SKIP THIS
साँफेबगर नगरपालिका ११ देबिस्थानमा एमालेको कुटाईबाट कांग्रेस १२ जना घाइते

निराकरण खबर अछाम:साँफेबगर नगरपालिका ११ देबिस्थानमा एमालेको कुटाईबाट कांग्रेस १२ जना घाइते भएका छन । सोमबार साफेबगर नगरपालिका वडा नं.११ देविस्थानमा नेकपा एमालेका नवनिर्वाचित वडा अध्यक्ष राम बहादुर बोहराको बिजय जुलुसले नेपाली कांग्रेसका कार्यकर्तालाई कुटपिट गरि घाइते बनाएको हो।

बिजयी जुलुसले ब्याक्तीगत आक्षेप लगाउने गरि नाराबाजी गरेको त्यसो किन गरेको भनेर १८ बर्षिय गजेन्द्रले भन्दा बिजयी जुलुसमा सहभागीले कुटिपिट गरेको प्रत्यक्ष दर्शिले बताए ।

एमालेका बिजयी र्यालिमा सहभागीहरुले १८ बर्षिय गजेन्द्र बाहेक अन्य भरत खड्का, मनोज खड्का, कालु खड्का, प्रकाश खड्का,हर्क खड्का र धिरज खड्का लगायत १२ जनलाई साङ्घतिक रुपमा ज्यान मार्ने उदेश्यले आक्रमण गरेको उनलेे बताए ।

नेकपा एमालेका वडा अध्यक्ष राम बहादुर बोहराको निर्देशनमा नेपाली काग्रेसका कार्यक्रताहरु माथि ज्यान मार्ने उदेश्य सांघातिक आक्रमण गरिएको नेपाली कांग्रेस देविस्थानले आरोप लगाएको छ।

तपाईको प्रतिक्रिया