Advertisement
SKIP THIS
अछाममा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु

निराकरण खबर अछाम:अछाममा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका ४ मा भे १ त ६९३७ नम्बरको मलामी बोकेको ट्याक्टर दुर्घटना २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका१ का ३५ बर्षिय तारा धमाला र ४२ बर्षिय अमर नाथ धमाला रहेका छन।ट्याक्टरको ट्रलि पल्टिदा उनिहरुको मृत्यु भएको हो।

ट्र्याक्टरको ट्रलिको हाइड्रोलिक लिक भएर ट्रली पल्टिदा उठ्दा ट्रलिमा सवार थप २३ जना घाइते भएका छन । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भईरहेको छ।

तपाईको प्रतिक्रिया