Advertisement
SKIP THIS
अछाममा ठुलाँ नेताको हविगत ,जसले वडा समेत जोगाउन सकेनन्

तारामान खड्का अछाम :अछाम जिल्लाका १०ओटै स्थानिय तहको अन्तीम मत परिणाम आईसकेको छ । राष्ट्रिय राजनीतिमा पहुँच देखि प्रदेश र जिल्ला स्तरमै दख्खल राख्ने विभिन्न राजनीतिकका नेताले भने यश पटक आफ्नै वडा देखि पालिका आफ्नो दलको प्रतिनिधित्व नै गराउन सकेनन् । यसपटकको स्थानीय तहको निर्वाचनमा जनताहरुले ठुलानेताको वडा र पालिकाका उनको दललाई नराम्रो सँग हराईदिएका छन।

नेकपा एमालेका नि बर्तमान उपाध्यक्ष र पुर्व उपप्रधानमन्त्री समेत रहेका डा . भीम रावलको नगर साफेबगर नगरपालिकामा नेपाली कांग्रेस र समाजवादीको गठबन्धनबाट कांग्रेस राजेन्द्र कुँवर भारी मतान्तरले बिजयी भए। उनको वडा भाग्यश्वरमा समेत स्वतन्त्र उम्मेदवार बिजयी भए। यस्तै बान्नीगढी जयगढ गाउँपालीका नेकपा एमाले अछामका इज्चार्ज तथा सुदूरपश्चीम प्रदेशका पुर्ब अर्थमंत्री झपट बोहराको पालीका समेत हो । बोहराकै वडामा माओबादीकेन्द्रका उम्मेदार बिजयी हुदाँ पालिकामा समेत कांग्रेसका टेक बहादुर साँउद बिजयी भए।

यस्तै तत्कालीन जनयुद्धका बेला माओवादीको आधार क्षेत्र र माओवादी केन्द्र सुदूरपश्चीमका सदस्य झंकर साउँदको पालिकामा समेत नेपाली कांग्रेसका मान बहादुर साउँद बिजयी भए।अछाम क्षेत्र नं १ क बाट सुदूरपश्चीम प्रदेश सदस्य गोबिन्द कुँवरको वडा साफेबगर नगरपालिका ९ बुढाकोट नेकपा एमालेको गण हो। त्यहाँ समेत समाजवादीले कब्जा गर्यो। बुढाकोटमा समाजवादीका दिपक कुुँवर एमालेका उम्मेदवारलाई पराजित गर्दै वडा अध्यक्षमा बिजयी भए।

चौरपाटी गाउँपालीका एकीकृत समाजवादीका केन्दीय सदस्य , सुदूर पश्चीम उपाध्यक्ष शेर बहादुर कुँवरको पालीका हो , चौरपाटी गाउँपालीका ५ पायल उनको वडा हो , पायलमा नै उनले शाख जोगाउन सकेनन् त्यहा कांग्रेस बिजयी हुदाँ उनको गाउँपालिकामा समेत कांग्रेसका भीम साउँद भारी मतान्तरले बिजयी भए। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा १ मतले हर्क साउँदसँग हारेका नेपाली कांग्रेसका भीम साउदले भने उनलाई नै यसपटक २हजार ५ सय १५ मतान्तरले पराजित गरे।

अछाम सदरमुकाम रहेको मंगलसेन नगरपालीकामा नेकपा एमाले बिजयी भएको छ । नेपाली कांग्रेस अछाम सभापती पुष्प शाह र उपसभापती चन्द्र ढुंगानाको वडामै कांग्रेस पराजित हुदाँ नगरपालीका समेत एमालेका पदम बोहरा बिजयी भए। बोहरा गत स्थानीय तहको निर्वाचनमा समेत नगरप्रमुखमा बिजयी भएका थिए । वडामा हारेपछि नेपाली कांग्रेसका उपसभापति चन्द्र ढुंगानाले नैतिकताका आधारमा उपसभापतिबाट राजिनामा दिएका छन।

अर्को नगरपालीका कमलबजार नगरपालीका नेपाली कांग्रेसका जिल्ला स्तरका नेता भएको नगरका समेत कांग्रेसको हविगत भएको छ । मेयरमा मुस्कीलले कांग्रेसका यज्ञ ढकाल ४२२८ बिजयी भए तर उप प्रमुख सहित ७ वडा एमालेले कब्जा गर्यो, मेयर कांग्रेसका यज्ञ ढकालकै वडामा स्वतन्त्रले जित्यो ।

तुर्माखाद गाउँपालिकामा यस पटकमा एमालले अध्यक्ष र उपाध्यक्ष जित्दा यस अघिको शाख समेत कांग्रेसले जोगाउन सकेन । नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रिय सभापती पुष्प शर्माकै पालीका हो ।शर्मा नि. बर्तमान गाउँपालीका अध्यक्ष समेत हुन ।

तपाईको प्रतिक्रिया