Advertisement
SKIP THIS
भीम रावलको नगरमा गठबन्धनको जित,एमाले ३ वडामा सिमित

निराकरण खबर अछाम: नेकपा एमालेका नि बर्तमान उपाध्यक्ष पुर्व रक्षा तथा उपप्रधानमन्त्री डाक्टर भीम रावलको नगरपालिमा एमाले पराजित भएको छ।

यसअघि एमालेले जितेको साँफेबगर नगरपालिकामा यस पटक मेयरमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ।

सोमबार बेलुका सम्पन्न भएको अन्तिम मतपरिणाम अनुसार साँफेबगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजेन्द्र बहादुर कुँवर आफ्ना प्रतिस्प्रधी नेकपा एमालेकि पशुपति कुँवरलाई २ हजार २ सय २६ मतान्तरले पराजित गर्दै बिजयी भए।उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका शिलोज कुँवर विजयी भएका छन्।

कुल १४ रहेको नगरमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा ७ वडा र नगर प्रमुख र उप प्रमुख जितेको एमाले यस पटक भने ३ वडमा सिमित रह्यो । ९ वडामा कांग्रेस विजयी हुँदा दुई वडामा स्वतन्त्र उम्मेदवार विजयी भए। स्वतन्त्र उम्मेदवार एमाले र कांग्रेसका बागी हुन्।स्वतन्त्र उम्मेदवार बिजयी भएका साफेबगर नगरपालिका ६ भाग्यश्वर भीम रावलकै वडा हो।

तपाईको प्रतिक्रिया