Advertisement
SKIP THIS
साँफेबगर नगरपालिका प्रमुखमा कांग्रेसका राजेन्द्र कुँवर उप प्रमुखमा समाजवादीका शिव कुँवर बिजयी

निराकरण खबर अछाम:साँफेबगर नगरपालिकामा कांग्रेस र समाजवादी गठबन्धन उम्मेदवार बिजयी भएका छन । सोमबार सम्पन्न मत गणनामा नेपाली कांग्रेस राजेन्द्र कुँवर बिजयी भएका छन् । कुँवरले ७हजार २ सय ६५ मत ल्याई बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकि पशुपति कुँवरले ५ हजार ५९ मत प्राप्त गरिन।

यस्तै उप प्रमुखमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका शिव बहादुर कुँवरले ६ हजार चार सय ३४ ल्याई बिजयी हुदाँ उनका निकटम प्रतिद्वन्द्वी माओवादीका सुर्य चिन्ह लिई निर्वाचन लडेका रंग ठकुल्लाले ५ हजार ३ सय१४ मत पाए ।

तपाईको प्रतिक्रिया