Advertisement
SKIP THIS
सुत्केरी स्याहारका थप एक हजार मासिक रुपमा स्वास्थ्य परिक्षण ५ नम्बर वडाकाे प्राथमिकतामा

डोटी:स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधि हरुले पद तथा गोपिनीयता शपथ लिई पदभार ग्रहण गर्ने बित्तिकै आ-आफ्नो वडामा पनि विभिन्न निर्णय गरिरहेका छन्।

दिपायल सिलगढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष गणेश भण्डारी सहित सदस्यले पनि आफ्नाे वडामा पदभार ग्रहण गरेका छन् ।पदभार ग्रहण गरे संगै २ वटा महत्वपूर्ण निर्णय हाम्रो  टिमले पारित गरेकाे वडा अध्यक्ष भण्डारीले बताए ।

गर्भवती महिला सुत्केरी भएपछि नेपाल सरकारले प्रदान गर्ने सुत्केरी स्याहारकाे रकममा यस वडा नंवर ५ भित्र रहेका सुत्केरि महिलाको लिष्ट बनाई रु एक हजार थप गर्ने प्रतिबद्धता ब्यक्त गरे।

अर्को निर्णय भने वडा बासिले हामिलाई अमुल्य मतदान गरि जनताकाे सेवामा समर्पित हुने अधिकार दिएकोले विभिन्न टाेलमा मासिक रुपमा दक्ष स्वास्थ्यकर्मीको साथमा स्वास्थ्य परिक्षण गरि समस्याको समाधानका लागि पहल समेत गर्ने वडा अध्यक्ष भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया