Advertisement
SKIP THIS
सुदूरपश्चिम प्रदेशका सांसद गोबिन्द कुँवरको वडामा समेत एमाले पराजित :समाजवादी बिजयी

निराकरण खबर अछाम:सुदूरपश्चिम प्रदेश सदस्य अछाम क्षेत्र नं १ प्रदेश सभा ‘क’ बाट निर्वाचीत माननिय गोबिन्द कुँवरले समेत आफ्नो वडामा एमालेको शाख जोगाउन सकेनन् ।

उनको वडा साफेबगर नगरपालिका वडा नं ९ बुढाकोटमा एकीकृत समाजवादीका दिपक कुँवर बिजयी भएका छन् । उनलेे नेकपा एमालेका उम्मेदवार नर बहादुर कुँवरलाई १ सय ३७ मतान्तरले हराउदै एकीकृत समाजवादीका दिपक कुँवर बिजयी भएका छन्  । समाजवादीका दिपक कुँवरले ४सय ४१ र एमालेका नर बहादुर कुँवरले ३ सय ४ मत पाए।बुढाकोटमा समाजवादीलाई नेपाली कांग्रेसले सहयोग गरेको थियोे ।

तपाईको प्रतिक्रिया