Advertisement
SKIP THIS
जब भीम रावलले आफ्नै वडामा जोगाउन सकेनन् एमालेको शाख

निराकरण खबर  अछाम:नेकपा एमालेका नि बर्तमान उपाध्यक्ष तथा पुर्व उपप्रधान तथा गृहमन्त्री र अछाम क्षेत्र नं १ का प्रतिनिधि सांसद डा. भीम रावलले आफ्नै वडामा एमाले शाख जोगाउनन् सकेनन् ।

उनकै वडामा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् । नेता भीम रावलको वडा साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार मीन बोहरा
बिजयी भएका छन् ।

आईतवार राति सम्पन्न मत गणनामा एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन बहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट बिजयीको टुङ्गो लगाईएको थियो ।

गोला प्रथाबाट स्वतन्त्र उम्मेदवार मीन बहादुर बोहरा बिजयी भएका हुन ।नेकपा एमालेबाट असन्तुष्ट हुदै स्वतन्त्रबाट प्यानल सहित बोहराले वडा अध्यक्षको उम्मेदवार दिएका थिए ।

तपाईको प्रतिक्रिया