Advertisement
SKIP THIS
साफेबगर नगरपालिका ५ नवाठानामा नेपाली कांग्रेसका मक्कर कुँवर प्यानल सहित बिजयी

निराकरण खबर अछाम:साफेबगर नगरपालिका वडा नं ५ नवाठानामा नेपाली कांग्रेस मक्कर कुँवर प्यानल सहित बिजयी भएका छन् ।

आईतवार सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार मक्कर कुँवरले ४१४ मत ल्याई बिजयी भए। उनका निकटम प्रतिद्वन्द्वी एमालेका कालू सिह कुँवरले ३५३ मत पाए।

यस्तै अन्य सदस्यमा कांग्रेसका चक्र बहादुर चाडले ४३३,टेक बहादुर बुढाले ४१८,ईन्द्रा देवि तिरुवाले ३८४,समाजवादीका हिरा देवि  चाडले ३९० मत ल्याई बिजयी बनिन् ।

यस्तै खप्तडबाट नेपाली कांग्रेसका नगर प्रमुखका उम्मेदवार राजेन्द्र कुँवरले ४२३ एमालेकि पशुपति कुँवरले ३५३ मत पाए।यस्तै उपप्रमुखमा समाजवादीका शिव कुवरले ३९१ र माओवादी केन्द्रका सुर्य चिन्ह लिई उम्मेदवार बनेका रंग ठकुल्लाले ३५४ मत पाए ।

तपाईको प्रतिक्रिया