Advertisement
SKIP THIS
साँफेबगर नगरपालिकामा कांग्रेसको अग्रता कायमै, बढ्दै फराकिलो मतान्तर

निराकरण खबर अछाम:साँफेबगर नगरपालिकामा कांग्रेस र समाजवादी गठबन्धनको अग्रता कायमै रहेको छ।

अहिलेसम्म ५४८७ गणना हुदाँ कांग्रेस र समाजवादीको
गठबन्धनका तर्फबाट नगरप्रमुखमा नेपाली कांग्रेसका राजेन्द्र बहादुर कुँवरले ३५५१ मत ल्याई निरन्तरता अग्रता बढाईरहेका छन । उनलाई एमालेकि पशुपति कुँवरले २०६५ मत ल्याई पन्छ्याईरहेकी छन् ।

यस्तै उप प्रमुखमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका शिव बहादुर कुँवर २६५२ मत ल्याई अग्रता बढाईरहदा उनलाई माओवादीका सुर्य चिन्ह लिई निर्वाचन लडेका रंग ठकुल्ला २५५३ मत ल्याई पन्छ्याईरहेका छन । अहिलेसम्म साफेबगर नगरपालिकाका विभिन्न ५ वडाको नजिता सार्वजनिक भईसकेको छ ।

तपाईको प्रतिक्रिया