धनगढी : सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित देखिएको छ। गन्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि हमालको जित निश्चित देखिएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले अपरान्ह ५ बजे सार्वजनिक गरेको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ७५८ मतको अग्रता लिएका छन्।
६३ हजार ७१५ मत खसेको धनगढीमा ५६ हजार २२६ मत गन्दा हमालले २४ हजार ५२९ मत पाएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १२ हजार ७७१ मतसहित हमाललाई पछ्याइरहेका छन्।