Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिका नव निर्वाचीत अध्यक्ष टेक बहादुर साउँदद्धारा पदभार ग्रहण

निराकरण खबर अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिका नव निर्वाचीत अध्यक्ष टेक बहादुर साउँदले पदभार ग्रहण गरेका छन । शनीबार जल्ला न्याधिश बाट शपथ लिएपछी गाउँपालीकाको कार्यालय जयगढमा पुगेर अध्यक्ष साउँद पदभार ग्रहण गरे । नव निवार्चीत अध्यक्ष साउँदलाई बान्नीगढी जयगढ गाउँपालिका निर्वाचन अधिकृत हरिस पन्त ,निमीत्त प्रमुख प्रशासकीय अधिकृत झनक राज रेग्मी लेखा अधिकृत नारद शर्मा लगायत गाउँपालीकाका कर्मचारीले स्वागत गरे ।

पदभार ग्रहण नव निवाचीत अध्यक्ष साउदले आफुलाई नेपाली कांग्रेसले टीकट दियर निवाचनमा पठाएको अब निवाचीत भईसकेपछी सबैको साझा अध्यक्ष भएको बताए । पालीकाका कुनैपनी नागरिकलाई बिभेदको महसुस गर्ने नदिने, यस अघिका सरकारले गरेका अधुरा कामलाई प्राथमीकतामा राखेर सम्पन्न गरिने बताए ।

बान्नीगढी जयगढ गाउँपालिकाको समग्र बिकासको लागि सबैको साथ अपरिहार्य भएको बताउदै, सबैको सहयोगको अपेक्षा गरेको बताए ।गाउँपालीका भित्रका नागरिका समस्याबारे जानकार रहेको बताउदै नव निवार्चीत अध्यक्ष साउदले नेपालको संविधानप्रति पूर्ण बफादार रहँदै कानूनको अधीनमा रहेर काम गर्न बताए ।

तपाईको प्रतिक्रिया