Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिका नव निर्वाचीत जनप्रतिनिधिद्वारा शपथ ग्रहण

निराकरण खबर अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिका नव निर्वाचीत जनप्रतिनिधिहरुले पद तथा गोपनियतताको शपथ लिएका छन् ।

शनिबार नव निर्वाचीत गाउँपालिका अध्यक्ष टेक बहादुर साउदले पालीका उपाध्यक्ष ,वडा अध्यक्ष, सदस्यहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन ।
मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा ग ईश्वर÷देश र जनताको नाममा शपथ उनिहरुले शपथ खाएका हुन ।

नेपालको राजकीयसत्ता र सार्वभौमस नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रहँदै पदको कामकाज प्रचलित कानूनको अधीन रही, मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमान्दारीका साथ काम गर्ने भनेर उनिहरुले शपथ लिएका हुन । पालीका उपाध्यक्ष ,वडा अध्यक्ष, सदस्यहरुलाई पद तथा गोपनियताको शपथ खुवाउनु भन्दा पहिले नव निवार्चीत अध्यक्ष साउँदले जिल्ला न्याधिसबाट आजै शपथ लिएका थिए ।

तपाईको प्रतिक्रिया