Advertisement
SKIP THIS
अपडेट :डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर

डोटी : डोटीमा बस दुर्घटना हुदा १२ जना घाइते भएका छन् । कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका १ गेरुपानिमा दुर्घटना हुँदा १२ जना घाइते भएका हुन् ।बस सडकबाट सेती नदि किनारामा खसेको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता भोला कुमार भट्टका अनुसार शनिबार बिहान सवाँ ५ बजेतिर भएको बस दुर्घटनामा परि बस सहचालक घम्भिर घाईते भएका छन् भने ३ जना मध्येम र बाकी ८ जना सामान्य घाइते भएका छन् । घाइतेको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

बसमा २०/२२ जना सवार थिए । सोही बसमा सवार १८ महिनाको बच्चा हराइरहेको र उनको खोजिकार्य भईरहेको प्रवक्ता भट्टले बताएका छन् । सामान्य मोडमा गाडी दुर्घटना भएको हुँदा तिब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

बस चालक फरार छन् ।

तपाईको प्रतिक्रिया