निराकरण खबर डोटी:डाेटीकाे सदरमुकाम सिलगढीमा अवस्थित सवैभन्दा जेठाे दिपायल शिलगढी नगरपालिकाकाे भर्खरै सम्पन्न स्थानिय तह सदस्य निर्वाचनबाट निर्वाचित नगर प्रमुख वाजि सिं खड्का “विजय” तथा नगर उप-प्रमुख कल्पना महरा साउदले पदभार ग्रहण गरेका छन।
पदभार ग्रहण गर्दै नगर प्रमुख खड्काले पहिलाे २ वटा लाेकप्रिय निर्णय पारित गरेका छन।नगरपालिका भित्र गर्भवति महिलालाइ सुत्केरी व्याथालागे पछि अस्पताल सम्म पुर्याउन नगरपालिकाको एम्बुलेन्स सेवा निशुल्क दिने निर्णय गर्नु भएकाे छ,भने नगरपालिकाकाे एम्बुलेन्सलाई जिल्ला बाहिर लिनु परेमा ५० प्रतिशत भाडा छुट दिने भएकाे छ ।
साथै स्वास्थ्यका लागि खेल राष्ट्र लागि खेल भन्ने अवधारणा लाइ मध्यनजर राख्दै नगरपालिका भित्रका सवै ९ ओटै वडालाइ उचित पर्ने स्थानमा खैलमैदान निर्माण गर्ने निर्णय समेत पारित गर्नु भएको छ ।
यि निर्णय लाई आजैबाट कार्यान्वयन गर्ने प्रतिवद्धता समेत नगर प्रमुख खड्काले जनाए।