Advertisement
SKIP THIS
अछामको पहिलो नगर प्रमुख बनिन् ,अम्बिका चलाउने

तारामान खड्का अछाम:अछामको पहिलो नगर प्रमुखमा पञ्चदेवल बिनायक नगरपालिकाबाट नेत्रि अम्बिका चलाउने निर्वाचीत भएकी छन।

नेपाली कांग्रेसबाट नगर प्रमुखमा उम्मेदवारी दिएकी उनलेे ५ प्रतिस्पर्धाीलाई पछाडि पार्दै नगर प्रमुखमा बिजयी भईन। उनले ३ हजार ६ सय ५३ मत ल्याई बिजयी हुदाँ,उनका प्रतिस्पर्धाीमा,ओवादी केन्द्रका राम बहादुर बि क ३ हजार १ सय ७२,एमालेका नन्द बहादुर कडायत २हजार ६सय ९७,समाजवादी: योगेन्द्र बहादुर बिष्ट ६ सय ९२,स्वतन्त्र टंक तिमिल्सैना १सय५४ मत पाए । यस्तै नगरप्रमुखमा नै राप्रपाका बिरेन्द्र रावलले ४६ मत पाए।

यस्तै उप प्रमुखमा कांग्रेसकै हर्क बहादुर रावल सानदार मत ल्याई बिजयी भए। उनलेे  ४ हजार १ सय ८८ मत ल्याई बिजयी हुदा, उनका प्रतिस्पर्धाी माओवादी केन्द्रकि रिता रावल २हजार ६सय १८,एमालेकि राजु सञ्जाल १ हजार २,समाजवादीकि कृष्णा जैशि न्यौपाने  ८सय ७८र राप्रपाकि शर्मीला कुमारी शाहीले ६३ मत पाईन ।

१ दशक देखि राजनीतिमा सक्रिय नहारेकी अम्बिका

२०६५ सालको स्ववियु निर्वाचनबाट विजयी सुरुवाती गरि राजनीतिमा सक्रिय रुपमा लागेकी महिला नेत्रृि अम्बिका चलाउने अहिलेसम्म कत‌ै हार्नु परेको छैन । आफ्नै पार्टी नेपाली कांग्रेस भित्र होस् या बाहिर उनलेे हार्नु परेको छैन ।

हालसम्म उनले विभिन्न ११ निर्वाचन लडिसकेकी छन् । लडेका सबै ११ निर्वाचनमा उनलेे बिजयी हात पारेकी छन। देश संघियतामा गएपछि उनको दल नेपाली कांग्रेसले पहिलोपटक संघियता अनुसार नै संरचना तयार पार्यो, त्यसैअनुरूप उनले नेपाली कांग्रेसको सुदूरपश्चिम सह मंहामन्त्री निर्वाचीत भईन।

२०७४ असारमा भएको संघियता पछिको स्थानीय तहको निर्वाचनमा पञ्चदेवल बिनायक नगरपालिकामा नेपाली कांग्रेसबाट उप मेयरमा निर्वाचित चलाउने यश पटक भने नगर प्रमुखमा बिजयी भई अछामको ईतिहासमा पहिलो महिला नगर प्रमुख भएको नाम लेखाईन।

तपाईको प्रतिक्रिया