Advertisement
SKIP THIS
गौरीगंगा नगरपालिका ६ कैलालीमा नेपाली काँग्रेसका टेक कुँवर प्यानल सहित बिजयी

कैलाली:कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा नेपाली काँग्रेसका उम्मेदवार विजय भएका छन् । नगरपालिकाको वडा नम्बर ६ को अध्यक्षमा टेकबहादुर कुँवरको पुरै प्यानल विजयी भएको हो ।

वडामा कुल खसेको २ हजार ५ सय ६८ मतमध्ये वडा अध्यक्षका उम्मेदवार कुँवरले १ हजार २ सय ६८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीम बहादुर शाहीले ४ सय ६६ मत प्राप्त गरे ।

वडा सदस्यमा काँग्रेसबाट महिला सदस्यमा गीता चौधरी, दलित महिला सदस्यमा बाटुदेवी बि.क., खुल्ला सदस्यमा टेकबहादुर बोगटी र  सियाराम चौधरी विजय भएकाे काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत (डोटेली कान्छा) ले जानकारी दिए ।  

तपाईको प्रतिक्रिया