Advertisement
SKIP THIS
बालेनको लोरौ स्थापितकै वडामै अगाडि

काठमाडौं: ‘कोर एरिया प्रवेश गरेकै छैन, कोर एरियामा पसेपछि म अघि आउँछु’ यसै भनेका थिए नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुख (मेयर) पदका प्रत्यासी केशव स्थापितले । तर, नतिजा ठीक विपरीत आइरहेको छ ।

काठमाडौं महानगरको २८ नम्बर वडा एमालेका उम्मेदवार केशव स्थापितको वडा हो । यो वडा एमालेको गढ हो । तर, बुधबारको मतगणनामा आफ्नै वडामा स्थापित स्वतन्त्र उम्मेदवार बालेनसँग बराबरीमा रोकिए । सुर्यले १८१ मत ल्याउँदा लौरोले पनि १८१ नै ल्यायो ।

स्थापितले वैशाख ३० को स्थानीय निर्वाचनमा यहीँ वडा अर्थात् बागबजारस्थित पद्मकन्या क्याम्पसबाट भोट खसालेका थिए । उनले आफैँलाई भोट हालेको यो क्षेत्र पुरानो बसपार्क–बागबजार पर्छ ।

महानगरको २८ वडा पर्ने यस क्षेत्रमा हाल ७ सय मत गणना भइसकेको बताइएको छ । यस अवधिभर स्थापित र बालेनले समान १८१/१८१ मत पाएका छन् भने गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले १४२ भोट पाएकी छन् । मतगणनाको सुरुवातीमा स्थापितले अग्रता लिए पनि पछि लौरोले उनलाई भेट्टाएको हो ।

तपाईको प्रतिक्रिया