Advertisement
SKIP THIS
मंगलसेन नगरपालिकामा एमाले बिजयी,बोहरा पुनः मेयरमा दोहोरीए

निराकरण खबर अछाम:मंगलसेन नगरपालिका एमालेका उम्मेदवारी बिजयी भएका छन। बुधबार सम्पन्न मत गणनामा नेकपा एमालेका पदम बोहराले ५७३७ मत ल्याई बिजयी भए।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कांग्रेस नम बहादुर शाहीले ५००२ मत पाउदा  ढल्केको छाताले १०५ मत पायो।

यस्तै उप प्रमुखमा समेत एमालेकी संगिता रावल सोडारी ५७१९ मत ल्याई हुदाँ उनका निकटतम प्रतिद्वन्द्वी समाजवादीका बम बहादुर रावलले ३०३७ मत पाए।  उप प्रमुखमै माओवादी लोक बहादुर बोगटी ४१५ पाउदा राप्रपाले ७१ मत पाएको छ। नगरप्रमुखमा निर्वाचीत भएका बोहरा यश अघि समेतका नगर प्रमुख हुन।

तपाईको प्रतिक्रिया