Advertisement
SKIP THIS
पन्चदेवल बिनायक नगरपालिका लयाटीमा कडा सुरक्षाका बिच पुनः मतदान सुरु

अछाम :पन्चदेवल बिनायक नगरपालिका ५ लयाटीमा कडा सुरक्षाका बिच मतदान सुरु भएको छ । ३० वैशाखमा झडपका कारण रद्द भएको मतदान पुनः सुचारु भएको हो ।

मतदान केन्द्र नवज्वती माविमा सुरक्षा कडा पारिएको छ । तिनै तहका सुरक्षाकर्मीले मतदान केन्द्र घेरेका छन् ।

मतदान केन्द्र आसपासमा मतदाता र उम्मेदवार बाहेकलाई प्रवेश रोक लगाइएको छ ।

बिहान ७:४० बजेसम्म ३४ मत खसेको छ ।

तपाईको प्रतिक्रिया