Advertisement
SKIP THIS
मेल्लेखमा माओवादी केन्द्रका ज्वाला साउँद अध्यक्ष र कांग्रेस नृप खड्का उपाध्यक्षमा विजयी

टेकराज भण्डारी,अछाम :अछामको मेल्लेख  गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्वाला साउँद ५ हजार १ सय ४४ मत प्राप्त गरि विजयी भएका छन । माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट साउँद विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भिम ब. खड्काले ४ हजार १ सय ८४ मत प्राप्त गरि पराजित भए।

पालिका उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नृप बहादुर खड्का  ४ हजार ४ सय ८४ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिद्वन्दी एमाले र नेकपा एकीकृत समाजवादी गठबन्धनबाट एकीकृत समाजवादीका समिता महर ३ हजार ८ सय ६५ मत प्राप्त गरि पराजित भईन।

२०७४ काे स्थानीय तहकाे निर्वाचनमा पनि मेल्लेख गाउँपालिकामा कांग्रेस -माओवादी गठबन्धनका उम्मेदवार विजयी ‍भएका थिए ।

तपाईको प्रतिक्रिया