Advertisement
SKIP THIS
चाैरपाटी गाउँपालिकामा १ मतले हारेका कांग्रेसका साउँद यस पटक १४ सय ७६ मतान्तर बिजयी  

टेकराज भण्डारी अछाम:अछामको चाैरपाटी गाउँपालिकमा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा नेपाली कांग्रेसमा भीम बहादुर साउँद ३ हजार ९ सय ८२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राम आउजीले २ हजार ५ सय ६ मत ल्याए भने माओवादी केन्द्र र एकीकृत समाजवादीकाे गठबन्धनबाट एकीकृत समाजवादीका हर्क बहादुर साउँदले १ हजार ४ सय ७४ मत प्राप्त गरे ।

२०७४ काे स्थानीय निर्वाचनमा भीम बहादुर तत्कालीन नेकपा एमालेका उम्मेदवार हाल एक‌ीकृत समाजवादीका उम्मेदवार हर्क बहादुर संग १ मतले पराजित भएका थिए । हाल ३ दल अलग अलग चुनावमा भिडेकाे बेला भीम बहादुर विपक्षीभन्दा १ हजार ४ सय ७६ मत बढी ल्याएर विजयी भए।

गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका सर खड्का ३ हजार ७ सय ३४ मत ल्याई विजयी भईन। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अनिता खड्काले २ हजार ४ सय ९१ मत प्राप्त गरि पराजित भईन।उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका जीवनबिक्रम साउँदले १७६३ मत प्राप्त गरिन।

चाैरपाटी गाउँपालिका नेकपा एकीकृत समावादीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम उपाध्यक्ष, राष्ट्रिय सभाका पूर्व सदस्य शेर बहादुर कुँवरकाे पालिका हाे । कुँवरकाे वडा नम्बर ४ पायलमा पनि नेपाली कांग्रेसले जित हात पारेको छ ।

पालिकाका ७ वडा मध्ये कांग्रेसले ४ र एमालेले ३ वडाका जित हाँसिल गरेकाे छ ।

कांग्रेसले जीत हाँसिल गरेका वडाहरूमा वडा नम्बर
१ वीर बहादुर थापा(बिर्मल), वडा नम्बर २ रण बहादुर साउद, वडा नम्बर ४ लाल बहादुर साउँद र वडा नम्बर ५ हिमकर्ण खड्का रहेका छन् ।

एमालेफे जित हाँसिल गरेका वडाहरुमा वडा नम्बर ३ बिरेन्द्र बाहादुर साउद, वडा नम्बर ६ डबल खड्का र वडा नम्बर ७ ललित बोगटी रहेका छन् । गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष उपाध्यक्ष सहित २१ सदस्य तथा नेकपा एमालेका १६ सदस्य विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया