निराकरण खबर अछाम :अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नं २ जनालिकोटको अध्यक्षमा नेपाली कांग्रेस नेत्र बहादुर साउद पुनः बिजयी भएका छन् । नेत्र साउदले ३४४ मत ल्याई बिजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका साउदले ३१४ मत पाए।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचन समेत नेत्र साउद वडा अध्यक्ष निर्वाचन भएका थिए । जनताको सेवामा सक्रिय साउद विशेष गरि बुढापाका बिच लोकप्रिय रहेका छन् ।