Advertisement
SKIP THIS
बान्नीगढी ५ कालिकामा गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार बिजयी  :प्यानल सहित

निराकरण खबर अछाम:बान्नीगढी जयगढ गाउँपालीका ५ कालिकामा गठबन्धनलाई हराउँदै नेकपा एमालेका टंक साउँद प्यानल सहित बिजयी भएका छन् ।साउदले ५८४ मत ल्याई बिजयी भएका हुन ।

उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट समाजवादीका टेक रावलले ३९२ मत ल्याए। यस्तै वडा अध्यक्ष १०२ मत बदर भए।

महिला सदस्यमा राधा रावल ५४६,दलित महिला सदस्य लक्ष्मि लुहार ५१६,खुला सदस्य रम्भा रावल५३८ र खुला सदस्य चन्द्रा रावलले ५२९ मत ल्याई बिजयी भए।

कालिकाबाट गाउँपालिका अध्यक्ष कांग्रेस टेक बहादुर साउद ४६९ एमालेका लोक बहादुर साउद ४९१ मत पाए।यस्तै उपाध्यक्ष एमालेकी बिन्दु रावल ५६८ र माओवादी केन्द्रकी निर्मला साउदले ३६५ मत ल्याईन।

तपाईको प्रतिक्रिया