Advertisement
SKIP THIS
अछामको साफेबगर नगरपालिका १३ बाब्लामा पुनः मतदान हुने

निराकरण खबर अछाम:अछामको साफेबगर नगरपालिका१३ बाब्लामा पुनः मतदान हुने भएको छ ।

निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको  निर्वाचन  अधिकृतको कार्यालय साफेबगरले जनाएको छ।

हिजो मतदानाका क्रममा बिवाद हुदाँ मतदान रोकिएको थियो।

अछामको साफेबगरमा तनाव: ४ सेल असुरग्यास प्रहार

साँफेबगर नगरपालिकामा मतगणना गर्न  ढिलाई गरेको भन्दै नाराबाजी भएको छ। २ बजेदेखि मतगणना हुने भनिए पनि अझै सुरु हुन नसकेको भन्दै कांग्रेस र एकीकृत समाजवादी गठबन्धनका नेता कार्यकर्ताले नाराबाजी गरेका हुन्। 

मतगणना हुनुपर्ने माग गर्दै गठबन्धनकाका कार्यकर्ताले नाराबाजी गरेपछि भिड नियन्त्रण गर्न प्रहरीले ४ सेल असुरग्यास प्रहार गरेको छ।

साँफेबगर नगरपालिका १३ बाब्लामा मतदानका  क्रममा गठबन्धनले एकलौटी गरेको आरोप एमालेको छ। बाब्लामा ३४४ मत खसेको छ। १९६९ मतदाता संख्या रहेको छ। 

तपाईको प्रतिक्रिया