निराकरण खबर अछाम:साँफेबगर नगरपालिकामा मतगणना गर्न ढिलाई गरेको भन्दै नाराबाजी भएको छ। २ बजेदेखि मतगणना हुने भनिए पनि अझै सुरु हुन नसकेको भन्दै कांग्रेस र एकीकृत समाजवादी गठबन्धनका नेता कार्यकर्ताले नाराबाजी गरेका हुन्।
मतगणना हुनुपर्ने माग गर्दै गठबन्धनकाका कार्यकर्ताले नाराबाजी गरेपछि भिड नियन्त्रण गर्न प्रहरीले ४ सेल असुरग्यास प्रहार गरेको छ।
साँफेबगर नगरपालिका १३ बाब्लामा मतदानका क्रममा गठबन्धनले एकलौटी गरेको आरोप एमालेको छ। बाब्लामा ३४४ मत खसेको छ। १९६९ मतदाता संख्या रहेको छ।