निराकरण खबर अछाम:सुदूरपश्चिमका पूर्व अर्थमंन्त्री झपट बोहराले वडामै आफ्नो शाख जोगाउन सकेनन् उनको वडा बान्नीगढी जयगढ गाउँपालिमा ६ दर्नामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका जगत बहादुर थापा बिजयी भएका छन् ।
गठबन्धनको तर्फबाट माओवादी केन्द्रमा थापाले सहित गठबन्धन बिजयी भएको छ।थापाले ६९९ मत प्राप्त गरी बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार चंख बहादुर रावतले ५२२ मत प्राप्त गरे ।
दर्नाबाट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका टेक बहादुर साउदले ७७६ र एमालेका लोक बहादुर साउले ५०० मत पाएका छन । यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रमा निर्मला साउदले ७०० र एमालेकि बिन्दु रावलले ५३५ मत प्राप्त गरिन ।वडा नं ६ दर्नामा १३७६ मत खसेको थियो।
बान्नीगढी जयगढ गाउँपालिकामा नेपाली कांग्रेस ,एकीकृत समाजवादी र माओवादी केन्द्र बिच चुनावी तालमेल रहेको छ।