Advertisement
SKIP THIS
अछामका ४ मतदान केन्द्रमा तनाव: ९  राउन्ड हवाई फायर

निराकरण खबर अछाम:अछामका ३ मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ। जिल्लाको साफेबगर नगरपालिका वडा नं १३ बाब्लाको राष्ट्रिय माध्यमिक बिघालय मतदान केन्द्र,मेल्लेख गाउँपालिका मेल्लेख गाउँपालिका ५ बिन्धेबासिनिको जनता माध्यमिक केन्द्र , पञ्चेदवल बिनायक नगरपालिका ५ लयाटिको नवज्योति माबि र ढकारी गाउँपालिका २ हिच्माको  कालिका माबि मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको हो।

साफेबगर १३ बाब्लाको राष्ट्रिय माध्यमिक बिघालय मतदान केन्द्रमा २,मेल्लेख गाउँपालिका ५ बिन्धेबासिनिको जनता माध्यमिक केन्द्र २, पञ्चेदवल बिनायक नगरपालिका ५ लयाटिको नवज्योति माबि ३ र ढकारी गाउँपालिका २ हिच्माको कालिका माबि २ राउन्ड हवाई फायर गरिएको छ। अहिले सबै मतदान केन्द्रमा मतदान तनावग्रस्त भएका छन।

तपाईको प्रतिक्रिया