निराकरण खबर अछाम:पुर्व उपप्रधानमन्त्री तथा रक्षा,गृहमन्त्री नेकपा एमालेका नि. वर्तमान उपाध्यक्ष भिम रावलले साफेबगर नगरपालिका वडा नं ६ भाग्यश्वरको चन्दोदय प्राबि रिठागाउँबाट मतदान गरेका छन् ।
नेता रावलले बिहान ७ बजे पहिलो मत हाल्दै मतदान प्रक्रियाको शुभारम्भ गरेका हुन ।
कुल ९ सय ५२ मतदाता रहेको भाग्यश्वरमा ३ जनाले वडा अध्यक्षको लागि उम्मेदवार दिएका छन।
एमालेबाट दुधकला बिष्ट सयुक्त गठबन्धनबाट समाजवादीका शंकर बिष्ट र स्वतन्त्रतबाट मीन बोहरा चुनावी मैदानमा प्यानल सहित उत्रिएका छन् ।