Advertisement
SKIP THIS
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अछाम : अछाम जिल्लामा लडेर घाईते भएका एक जनाको जिल्ला अस्पताल अछाममा ज्यान गएको छ ।

जिल्लाको ढकारी गाँउपालिका वडा नं. ५ का ३५ बर्षिय  जिते बुढाको उपचारको क्रममा मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

ढकारी गाँउपालिकाको राक्सीखान भन्ने ठाँउबाट घर जानेक्रममा बाटो बाट १३ मिटर तल खसेर बुढा गम्भिर घाईते भएका थिए ।

बुढाको टाँउको चोट लाग्नुका साथै दायाँ खुट्टा समेत भाँचिएपछि उपचारका लागि उनलाई जिल्ला अस्पताल अछाममा पुर्याईएको थियो ।

उपचारको क्रममा उनको अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया