Advertisement
SKIP THIS
कुरा हैन काम गरेर देखाउने छु, बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार साउद

निराकरण खबर अछाम:तिन दलीय गठबन्धनका तर्फबाट बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता टेक बहादुर साउदले आफू सपना बाँड्न नभई काम गर्न  गाउँपालिका अध्यक्षको उम्मेदवार बनेको बताए।

निराकरण खवर सँग कुराकानी गर्दै गठबन्धनको तर्फबाट बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका नेता साउदले अहिल्यै नै  जनतालाई सपना देखाउने र पछि काम नगर्ने बताए । बान्नीगढीका मतदाताले बिजयी गराएमा जनतालाई पछुतो हुने काम कहिल्यै हुन नदिने बताए ।

लामोसमय देखि जनताको सेवा गर्नलाई राजनीतिमा लागेको अब जनताको सेवा नजिकबाट गर्ने बेला अब धेरै टाढा नभएको बताए । स्थानीय तहको संरचना हुदा बान्नीगढी जयगढ गाउँपालिकाको कुनै नाम भएको थाहा पाएपछि सिफारिस गरेको माईनुट आफुले कब्जा गरेको बताउदै अध्यक्ष पदका उम्मेदवार साउदले बान्नीगढी जयगढ गाउँपालिका बनाउन आफुले महत्त्वपूर्ण काम गरेकोे बताए ।

यश अगाडिका पालिका सरकारले गरेका कामलाई पुर्ण रुप दिने थप जनतामुखि कार्य गर्ने , यश क्षेत्रका सडक, खानेपानी,शिक्षा,स्वास्थलाई थप राम्रो स्तरमा पुर्‍याउने प्रतिबद्धता ब्यक्त गरे।युवाहरुका समस्या समाधान गर्न आफू सधैव प्रतिबद्ध रहेको बताउदै अध्यक्ष पदका उम्मेदवार साउदले यस क्षेत्रका नागरिकका समस्या नै आफ्नै समस्या भएको बताउदै ती समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गरे।

तपाईको प्रतिक्रिया