Advertisement
SKIP THIS
तीन दलिय गठबन्धनको सयुक्त चुनावी आम सभा बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न

निराकरण खबर अछाम:बान्नीगढी जयगढ गाउँपालिकामा तीन दलिय गठबन्धनको सयुक्त चुनावी आम सभा सम्पन्न भएको छ। मंगलबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोबिन्द्र बहादुर शाहको प्रमुख आथित्यमा तीन दलिय गठबन्धनको सयुक्त चुनावी आम सभा सम्पन्न भएको हो।

कार्यक्रम बोल्दै केन्द्रीय सदस्य शाहले बान्निगढी जयगढ गाउँपालिकमा तीन दलिय गठबन्धन भएको बताउदै सबै मिलेर जिताउन आग्रह गरे । केपि ओलिको अहंकारकै कारण देशभर स्थानीय तहमा बाम र लोकतान्त्रिक गठबन्धनको भएको बताए ।

कार्यक्रममा बोल्दै बिशिस्ट अथितिको आसनबाट बोल्दै एकृिकृत समाजवादीका केन्द्रीय सदस्य शेर बहादुर कुँवरले हरेक राजनीतिक दलको बिभिन्न बिद्रोहबाट नै जन्म भएको बताउदै समाजवादी पार्टी समेत एमाले भित्रको बिद्रोहबाट जन्म भएको बताए । इतिहासमा सहि ढंगले बिद्रोह भएका ठाउँमा कहिले हार नभएका बताउदै केन्द्रीय सदस्य कुँवरले समाजवादीको समेत कहिल्यै हार नहुने बताए ।

कार्यक्रम बिशिस्ट अथितिको आसनबाट बोल्दै नेपाली कांग्रेस सूदूरपश्चीम प्रदेश महामंन्त्री मेघराज खड्काले बाम र लोकतान्त्रिक गठबन्धनका जित र ओलिको अहङ्कारलाई परास्त गर्न सबै लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली एकृिकृत समाजवादीका केन्द्रीय सदस्य शेर बहादुर कुँवर , नेपाली कांग्रेस सूदूरपश्चीम प्रदेश महामंन्त्री मेघराज खड्का बिशिस्ट अथिति रहेका थिए ।

तिन दलिय सयुक्त गठबन्धनमा नेपाली कांग्रेसको तर्फबाट बान्नीगढी जयगढ गाउँपालिका अध्यक्षमा टेक बहादुर साउद उपाध्यक्षमा माओवादी केन्द्रको तर्फबाट निर्मला साउँद  चुनावी मैदान रहेका छन।

कार्यक्रम नेपाली कांग्रेसका बान्नीगढी जयगढ गाउँपालिका सभापति कर्ण बहादुर ठकुल्लाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया