निराकरण खबर डाेटि:स्थानीय निर्वाचनमा विभिन्न दलका उम्मेदवारकाे घर दैलो कार्यक्रम धमाधम भइरहेको छ। यसै क्रममा नेपाली कांग्रेसबाट दिपायल सिलगढी नगरपालिका डाेटिका मेयर पदका उमेदवार वाजि खड्का (विजय)र उप मेयर का उमेदवार कल्पना साउद आज दिपायल सिलगढी नगरपालिकाकाे वडा नम्वर २,३ र ४ का विभिन्न टाेलमा घर दैलो कार्यक्रम गर्दै गर्दा मेयरका उमेदवार खड्काले मेराे दिपायल सिलगढी नगरपालिका लाइ नगर वासिले रुचाउने नगर वनाउने प्रण गर्दछु भन्नुभएको छ ।
नगरपालिका विभिन्न वडाका सम्भावना बाेकेका पर्यटकिय स्थल लाइ उजागर गरि त्यहाका जनसमुदायलाई आफ्नो पन दिने कार्यक्रम ल्याई आन्तरिक पर्यटनलाई बढुवा दिने, आधुनिक शिक्षालाई प्राथमिकतामा राखेर अगाडि वढने जस्ता क्रियाकलापलाई प्राथमिकतामा राख्ने उनलेे बताए ।
विषेश गरि हाम्राे नगरपालिकाबाट बाहिर वसाइ सरि जाने समुदायलाई राेकि उहाँहरुलाई केहि जिविकोपार्जनको अवधारणा ल्याउने र आफ्नो ठाउँ आफैं बनाऔ भन्ने अभियानमा आफु जुटेमा रहर लाग्दाे नगरपालिका वनाउन सकिने उनको भनाइ छ।