Advertisement
SKIP THIS
डोटीमा जिप दुर्घटना

निराकरण खबर डाेटि डोटीमा वाेलेराे जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आदर्श गाउँपालिकाबाट दिपायल तर्फ आइरहेको शैलेश्वरी यातायातको से १ ज ७८५ नम्बरको जीप दुर्घटना भएको हो ।

दिपायल सिलगढी नगरपालिका- १ तिखाको माथिल्लो मोडमा शनिबार साँझ टिपरलाई साइड दिने क्रममा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जीप दुर्घटनामा दिपायल सिलगढी नगरपालिका वडानम्वर ४ का ३५ वर्षीय चालक रमेश दास सामान्य घाइते भएका छन् भने जीपमा सवार आदर्श गाउँपालिका वडानम्वर २ भाडीकोटका २४ वर्षीय डिल बहादुर थापा गम्भीर घाइते भएका छन् ।

घाइते दुवै जनाकाे दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक रूप सिंह थापाले जानकारी दिए ।जीप सडकबाट करिब तीनसय मीटर तल खसेको छ । जीपमा पूर्ण रूपले क्षति पुगेको छ ।

तपाईको प्रतिक्रिया