Advertisement
SKIP THIS
नेकपा एमाले साफेबगरद्वारा निर्वाचन आचारसंहिता उलङ्घन

निराकरण खबर अछाम:नेकपा एमाले अछामद्वारा निर्वाचन आचारसंहिता उलङ्घन गरिएको छ। एमालेद्वारा जिल्लाको साफेबगर नगरपालिका ८ चण्डीकाको बयालपाटा बजारमा आचारसंहिता बिपरित झण्डा राखेको छ।

बयालपाटा बजार क्षेत्रका बिधुतका पोल लगायतका ठाउँमा नेकपा एमालेको निर्वाचन चिन्ह अंकित झण्डाको मालानै बनायर लगाएको छ।

निर्वाचन आचारसंहिता अनुसार सार्वजनिक स्थानमा कुनैकुनै राजनीतिक  दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार प्रसारका क्रममा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नपाइने प्रावधान छ ।

तर उम्मेदवार तथा दलहरूले गरेको बलमिच्याइँलाई अनुगमनकर्ताले पनि बेवास्ता गरिरहेका छन् । 

तपाईको प्रतिक्रिया