Advertisement
SKIP THIS
कांग्रेस समाजवादीको सयुक्त घर दैलो अभियान मंगलसेन १० जुपुमा सम्पन्न

अछाम:नेपाली कांग्रेसका र गठबन्धनका साझा उम्मेदवारहरुले घर दैलो अभियानलाई निकै तीव्र बनाएका छन। सोही कार्यक्रम अन्तर्गत मंगलसेन नगरपालिका वडा नम्बर १० जुपुमा साझा उम्मेदवारहरुको घर दैलो अभियान सम्पन्न भएको छ ।

घर दैलोमा नेपाली काङ्ग्रेसको तर्फबाट मंगलसेन नगरपालिका नगर प्रमुख पदका उम्मेदवार नम बहादुर शाही र एकीकृत समाजवादी पार्टीको तर्फबाट नगर  उप प्रमुख पदका उम्मेदवार बम बहादुर रावल घर घरमा पुगेर मतदाता हरुलाइ भेट्दै मत मागिरहेका छन।

यहि वैशाख ३० गते हुने  स्थानीय तहको निर्वाचनमा आफुहरुलाई मतदान गरेर अत्याधिक बहुमतले बिजय गराउन आग्रह गर्दै गठबन्धनका साझा उम्मेद्बार र सैयाैँ कार्यकर्ता सहितको घर-दैलो कार्यक्रममा उम्मेद्बाहरुले आम मतदाताहरु संग भोट मागी आफ्नो चुनावी एजेन्डाका बारेमा पनि प्रष्ट संग घर घरमा बताएका थिए।

साझा उम्मेदवार हरुले घर दैलो कार्यक्रममा बोल्दै आफुहरुले नगरको नेतृत्व गरेमा अबको ५ वर्ष भित्र नगरमा आमुल परिवर्तन गरेर देखाउने बताएका छन ।  आम जनता बिकास र परिवर्तनको पक्षमा भएकोले यो पटक मंगलसेन नगरपालिकामा गठबन्धनको सिंगो टीमको जीत निश्चित रहेको दाबी गरे ।

तपाईको प्रतिक्रिया