Advertisement
SKIP THIS
काँग्रेसको घोषणा पत्र एमालेलाई गालीले भरिएको छ

कञ्चनपुर:नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका लागि सत्ताधारी नेपाली काँग्रेसले ल्याएको घोषणा पत्रमा एमालेलार्ई गाली मात्रै रहेको बताएका छन । बिहीबार कञ्चनपुर बेलौरी खुला मञ्चमा एमालेको चुनावीसभा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले काँग्रेसको घोषणा पत्रमा एमालेलाई गाली मात्रै रहेको बताएका हुन् ।

एमालेको घोषणा पत्रमा चुच्चे नक्सा सहितको विषय छन, तर काँग्रेसको घोषणा पत्र गाली पत्र मात्रै भएको टिप्पणी गरेका छन । पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आउँदो निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी गरे । उनलेे आउँदो निर्वाचनपछि एमालेको सरकार बन्ने बताए । एमालेको पक्षमा जनलहर बढिरहेको भन्दै ओलीले आगामी निर्वाचनमा एमाले संघीय सकार बनाउने हिसाबले जित्ने ठोकुवा समेत गरेका छन् ।

ओलीले एमालेले ५२ प्रतिशत महिलाले उठाएको बताए । ‘महिला दिदिबहिनी खुसी हुनुपर्छ, ‘ओलीले भने, ‘प्रमुख, उपप्रमुखमा एमालेले महिला अघि सारेको छ ।’ ‘पालिका पालिकामा तपाईका पाटी अध्यक्ष पुगेका छन, ‘ओलीले भने, ‘त्यसभन्दा बढि अरु के हुनसक्छ ।

ओलीले सरकारले चुनावकै बेला आचार संहिता लागु भएका बेला सरकारले भूमि आयोगले काम गरेको भन्दै रोक्ुनपर्नेमा जोडदिए । ‘सीमाका समस्यामा एमाले सरकार मात्रै बोल्छ, ‘ओलीले भने, ‘०१८ सालमा महेन्द्र राजाले भारतलाई दिएको भूमि फिर्ता गरेर दार्चुलामा बिओपी स्थापना ग¥यो ।’ अध्यक्ष ओलीले एमालेबाट चोईटिएर गएको समाजवादी तर्फ लक्षित गरेर ब्यङग गर्दै माओवादीलाई गाली गर्न केन्द्रीत रहे । ओलीले कञ्चनपुरको सीमा र आरक्षपीडितका समस्या समाधान गर्ने आवश्वासन दिदै कञ्चनपुरका एमाले उम्मेदवार जिताउन आब्हान गरे ।

तपाईको प्रतिक्रिया