Advertisement
SKIP THIS
भीम रावल छोडेर लेखराजमार्फत अघि बढ्दै ओली

धनगढीः स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शिर्ष नेताहरुले दौडधुप बढाएका छन्। दलका शिर्ष नेताहरु अहिले चुनाव लक्षित कार्यक्रम गर्न प्रदेश र जिल्ला केन्द्रित बनेका छन्।

आजमात्रै सुदूरपश्चिमका विभिन्न तीन स्थानमा आयोजित चुनावी आभसभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन्। ओली बिहीबार कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम दौडाहामा निस्केका हुन्।

ओलीले आजै कैलालीको धनगढी, बर्दगोरिया र कञ्चनपुरको बेलौरीमा एमालेद्वारा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने बताइएको छ। ओलीसँगै एमालेका केन्द्रीय सचिव लेखराज भट्टले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। तर, सुदूरपश्चिमबाटै एमालेको प्रभावशाली नेताका रुपमा प्रतिनिधित्व गर्ने भीम रावल भने कतै देखिएका छैनन्। ओलीले सुदूरपश्चिममा भीम रावललाई पन्छाएर लेखराज भट्टलाई अघि सारेको एमालेका नेता तथा कार्यकर्ताहरुले बताएका छन्। भीम रावल एमालेको १०औं महाधिवेशनमा ओलीसँग अध्यक्षमा पराजित भएका थिए। त्यसपछि उनले पाटीभित्र ओलीको आलोचना गर्दै आएका छन्।

ओलीले भने पूर्वमाओवादी पृष्ठभूमिका नेता भट्टलाई पार्टीको सुदूरपश्चिम इन्चार्ज बनाएर चुनावी मैदानमा खटाएका छन्।

तपाईको प्रतिक्रिया