निराकरण खवर डोटी:दिपायल सिलगढी नगरपालिका वडानम्वर ८ लडागडाका विभिन्न टाेलमा घरदैलो कार्यक्रम गर्दै दिपायल सिलगढी नगरपालिकाका मेयर पदका उमेदवार वाजि सिं खड्का(विजयि)ले झुटा आश्वासन दिन्न बरु राजनिति छोडछु भन्ने प्रतिवद्धता ब्यक्त गरे
आफ्ना मतदातालाई घर दैलो कार्यक्रममा भेटदै यहाँ आयर भाेट माग्नलाइ मात्र असम्भव कुरा हरु बाेलेर विभिन्न आस्वासन र झुटा कुरा फैलायर भाेट मागि रहेका छन, झुटकाे खेति गर्ने हरुकाे कमि छैन तिनि हरुबाट सचेत रहि आफ्नो दिर्ढ आत्म विश्वासका साथ नेपाली कांग्रेस लाइ रुख चिन्हमा मतदान गरि वडादेखि नगर सम्मकाे हाम्रो सम्पुर्ण टिमलाइ विजयी गराउन अनुरोध गरे।
भाेट माग्ने क्रममा मेयर का उमेदवार खड्काले म धेरै गर्न सक्छु त भन्दैन मानव जिवनका अतिआवस्यक कुरा हरु आधुनिक शिक्षा, यातायात, राेजगार, स्वास्थ्यम,कृषि,सुरक्षा लगायतका विभिन्न कुराहरु वरिफेरिनै रहेर तपाइको सुझाव सल्लाह अनुसार काम गर्ने छु,तपाइहरुकाे सिर झुक्न दिनेछैन, छाति चाैडा वनायर हिन्न सक्ने वातावरणको सिर्जना गर्ने छु,स्वाभिमानलाई डगमगाउन दिने छैन, हाम्राे सम्पुर्ण टिम विजयी भैसकेपछि हामि फेरि यसै समुदाय मा यसरिनै आयर तपाइका दुख सुखका कुराहरु विभिन्न समस्य लाइ आत्मसाथ गेरेर तपाइ हरु संगै साथमा साथ काधमा काध मिलायर अगाडी बढ्ने संकल्प समेत गर्नुभएको छ।
यस्तै विभिन्न टाेलकाे घर दैलाे कार्यक्रममा मतदाता हरु संग भेट्दै उपमेयरका उम्मेदवार कल्पना साउदले मपनि यस्तै समाजकाे हजुरहरुकै चेलिवेटि, छोरी, दिदि बहिनी,बुहारी जस्तै भयकाे हुँदा म हजुरहरुकै दुखसुखमा रमाइ रहेकाे एउटा नारि हु यि दिदि वहिनि हरुका समस्या,चुनाैति, समाधानकालागि प्रयास गर्ने छु,केहि भयपनि जिवन सैलिमा परिवर्तन का लागि वकालत गरेर जिवनसैलिमा सुधार ल्याउने प्रयत्न गर्ने बताए ।
घरदैलो कार्यक्रम नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी जित वहादुर खड्का,कुमार सिं टेलर,प्रसिस महरा,पुर्व सभासद कल्पना साेप, पार्वती चन्द, तरुण दल, नेविसंघ,महिला संघलगायत पार्टि प्रति आस्थावान युवाहरु,महिला पुरुष काे सहभागिता रहेको थियो ।