निराकरण खबर अछाम:नेपाली काङ्ग्रेस ढकारी गाउँपालिकाको स्थानीय तहको घरदैलो तथा चुनाबी सभा कार्यक्रम वडा नम्बर ६ को ढुङ्गाचाल्नामा सम्पन्न भएको छ।
वडा कार्य समितिका सभापति लोक बहादुर थापा को सभा अध्यक्षतामा भयको चुनाबी सभा लाई सम्बोधन गर्दै प्रमुख अथिती महासमिति सदस्य बल बहादुर कुवरले राष्टिय र अन्तर्राष्ट्रिय रुपमै विश्वास र भरोसायुक्त कांग्रेस अब नेपालको लोकतान्त्रिक अभिभावक बनेर अगाडि बढ्दै गएको बताए ।
कांग्रेसमा आबद्ध भएर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न र मुलुक तथा गाउको समृद्धिमा योगदान पुर्याउन नेकपा लगायत दलका स्वाभिमान कार्यकर्ताले अब नेपाली कांग्रेसमा प्रवेश गरेर आफ्नो र सन्ततिको बाँकी राजनीतिक भविष्य बचाउनु आवश्यक रहेको बताए ।
त्यसै गरि विशिष्ट अतिथि महासमिति सदस्य पदम राज अधिकारिले यो पाँच बर्षको अबधिमा नेपाली काङ्ग्रेसबाट निर्वाचित ढकारी गाउपालिकाका पदाधिकारीहरुले सोचे अनुरुप आफ्नो पालिकाको बिकास निर्माणकार्यमा सन्तोस जनक काम गरेको दाबी गर्दै फेरि पनि बाकी रहेका अपुर्ण कामलाई पूरा गर्न नेपाली काङ्ग्रेसका पालिका अध्यक्ष लगायत सम्पुर्ण वडाका उम्मेदवारहरु लाई अत्याधिक मत दिएर बिजयी गराउन हुन अनुरोध गर्नु भयो।
नेपाली काङ्ग्रेस जिल्ला पार्टी सचिब एवं ढकारी गाउपालिका अध्यक्ष पदका उम्मेदवार प्रकाश बहादुर साउदले आफू संग प्रतिस्पर्धामा उत्रिएका गाउपालिका अध्यक्ष पदका उम्मेदवारहरुको तुलनामा आफू स्वछ छवि भएको उम्मेदवार को दाबी गर्दै,आधुनिक युगमा आफू संगका पालिका अध्यक्ष पदका प्रत्यासी उम्मेदवार पुरातन बादी सोच भयका उम्मेदवार रहेको बताउनु भयो।शिक्षा,स्वास्थ,कृषि आधुकिकरण लगायत बिकास निर्माणका हरेक कृयाकलापमा प्राथमिकताका आधारमा जनचासोलाई प्रमुख प्राथमिकतामा राखेर योजना निर्माण गरि कार्यन्वयन गर्ने आफ्नो प्रतिबद्धता जाहेर गरेका छ्न।
नेपाली काङ्ग्रेस जिल्ला पार्टी सदस्य एव उपाध्यक्ष पदका उम्मेदवार नेत्रकला देबि शाहिले आफ्नो मत माग्दै गाउपालिका क्षेत्र भित्रका महिला तथा बालबालिका,पिछडिएका बर्गका हक अधिकार निम्ति आफू प्रतिबद्द रहने आफ्नो प्रतिबद्धता जनाएकी हुन।ढकारी गाउपालिका का निबर्तमान अध्यक्ष एवं नेपाली काङ्ग्रेस ढकारी गाउकार्य समितिका सभापति धन बहादुर बुढाले नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाइ जस्तो सुकै परिस्थितिमा पनि बिजयी बनाइ छाडने प्रतिबद्धता जाहेर गर्नु भएको छ।
महासमिति सदस्य कमल बि.क, जिल्ला समन्वय समिति सदस्य सुरत बुढ्थापा, महाधिवेशन प्रतिनिधि टेक बहादुर बि.क.,ढकारी गाउपालिका उपाध्यक्ष लक्ष्मि साउद,वडा नम्बर ६ का वडा अध्यक्ष नर बहादुर बुढा,नेपाल प्रेस युनियन अछामका अध्यक्ष टंक प्रसाद रिमाल लगायतले कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो।
घरदैलो कार्यक्रम तथा चुनाबी सभामा पुर्ब जिल्ला कार्यसमिति सदस्य पदम बहादुर साउद,हरि बुढा, क्षेत्रीय कार्यसमिति सदस्री लालु राम भण्डारी लल्ता थापा प्रेदेश सचिब कमल भण्डारी सह सचीव हरिस थापा लगायत ढकारी गाउँ कार्यसमिति ,वडा कार्यसमिति का पदाधिकारी लगायत भात्री तथा सुभेच्छुक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।