Advertisement
SKIP THIS
अपराधी क्रियाकलापको सूचना दिन साफेँबगरका प्रहरी प्रमुख मगराठीको आग्रह

निराकरण खबर अछाम:ईलाका प्रहरी कार्यालय साफेँबगरका प्रहरी प्रमुख प्रहरी निरिक्षक दिपक मगराठीले यस क्षेत्रमा हुने गैर कानुनी क्रियाकलाप रोक्न सबैले साथ सहयोग रहेको बताएका छन् ।

सोमबार साँफेबगरमा पत्रकार सँगै परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक मगराठीले यश क्षेत्रका समस्या र समस्या समाधानका लागि गर्ने सकिने प्रयासबारे पत्रकारसँगै सुझाव मागेका थिए ।

यस क्षेत्रमा घरेलु मदिरा, ट्राफिक समस्या, युवाहरु कुलतमा फस्दै गएको उनिहरुले बिभिन्न किसिमका लागू प्रदार्थ सेवन गरि यश क्षेत्रलाई नै अशान्त पार्ने काम बेला बेलामा हुने गरेको पत्रकारहरुले प्रहरी प्रमुख मगराठीलाई जानकारी गराएका थिए ।

आसन्न स्थानीय तहको निर्वाचनमा केहि मतदान स्थल अति सम्बेदलशिल भएको ती मतदान स्थलमा समस्या आउन सक्ने बारे सचेत गराएका थिए ।

आफू यहाँ भर्खरै सुरुवा भएर आएको कानुनको पालना गराउने  आफ्नो प्रमुख दायित्व भएको हुदा कानुन बिपरित गर्ने कसैलाई नछाड्ने प्रहरी निरिक्षक मगराठीले बताए ।

आफुले पनि यस क्षेत्रमा युवाहरुले लागू पदार्थ सेवन गर्ने गरेको सुनेर सादा पोशाकमा प्रहरी परिचालन गरेको बताउदै प्रहरी निरिक्षक मगराठीले लागू पदार्थ सेवनले भबिस्यमा बिकाराल अवस्था सिर्जना गर्न सक्ने बारे सबैले सचेत हुन आग्रह गरे। कुनै पनि किसिम गरै कानुनी क्रियाकलाप भए आफुलाई खबर गर्न प्रहरी प्रमुख प्रहरी निरिक्षक मगराठीले आग्रह गरे।

तपाईको प्रतिक्रिया