Advertisement
SKIP THIS
पुर्वी अछाममा तिन दिन देखि बिद्युत र नेपाल टेलिकमको सेवा अवरुद्ध

निराकरण खबर अछाम:अछाम जिल्लाको पुर्वी क्षेत्रमा शुक्रबार देखि बिद्युत र नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । शुक्रबारदेखि पञ्चदेवल विनायक नगरपालीका ,कमलबजार नगरपालकिा,तुर्माखाँद गाउँपालीका ढकारी गाउँपालीकामा बिद्युत र नेपाल टेलिकमको सेवा अवरुद्ध भएको हो ।शुक्रबार र त्यसपछि आएको हावाहुरी चट्याङ्कका कारण बिद्युत र नेपाल टेलिकमको सेवा अवरुद्ध सेवा प्रदायकले बताएका छन ।

स्थानीय तहको चुनावी सरगर्मी बढिरहेका बेला पुर्बि अछामका ४ स्थानिय तहमा बिद्युत र नेपाल टेलिकमको सेवा अवरुद्ध हुदाँ एक ठाउबाट अर्को ठाउमा सञ्चार स्थापित गर्न समस्या भईरहेको नेपाली कांग्रेशका नेता शुसील भण्डारीले बताए । बिद्युत र नेपाल टेलिकमको सेवा अवरुद्ध हुदाँँ चुनावी उम्मेदवार र मतदाता बिचको दुरी टाढिँदै गएको नेता भण्डारीले बताए ।

शुक्रबार र त्यसपछि आएको हावाहुरीका कारण रुखहरु तार पोल माथी ढल्दा पुर्बी अछामको बिधुत सेवा अबरुद्ध भएको लामो प्रशारण लाईन, जनशक्ती अभावमा मर्मत कार्य ढिलो भएको नेपाल बिघुत प्राधिकरण बितरण केन्द्र अछामका प्रमुख जयानन्द्र बोगटीले बताए । बेलुका सम्म कमलबजार सम्म सञ्चालन हुने र अन्य ठाउँमा १,२ दिनमा पुर्ण रुपमा सेवा सञ्चालन हुने उनले बताए ।

तपाईको प्रतिक्रिया