Advertisement
SKIP THIS
कैलालीमा एउटै डोरीको पासो बनाई झुन्डिएको अवस्थामा केटाकेटीको शव फेला

कैलाली:घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासो बनाई झुन्डिएको अवस्थामा केटाकेटीको शव फेला परेको छ । मृतक बझाङको जयपृथ्वी नगरपालिका २, का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ वर्षीया अस्मिता सिंह रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाश जोशीले बझाङमै गत चैत २६ गते बिहे गरेर आफन्तकोमा आएका उनीहरू चैत २७ गतेदेखि सम्पर्कविहिन भएका थिए । आइतबार (आज) बिहान गोठालाहरुले शव देखेपछि स्थानीयलाई खबर गरेको र स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डिएसपी जोशीका अनुसार शव सडेको अवस्थामा रहेकोले सोही दिन झुन्डिएको हुन सक्ने बताए ।

प्रहरीले शव सडेकोले स्थानीयको रोहवरमा मुचुल्का बनाई आफन्तको जिम्मा लगाएको बताएको छ । साथै घटना बारे थप अनुसन्धान भैरहेको समेत बताएको छ ।

तपाईको प्रतिक्रिया