Advertisement
SKIP THIS
ढकारी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बुढाले उम्मेदवारी फिर्ता लिए

निराकरण खवर अछाम:ढकारी गाउँपालिका अध्यक्षका उम्मेदवार धन बहादुर बुढाले उम्मेदवारी फिर्ता लिएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट ढकारी गाउँपालिका अध्यक्षमा निर्वाचीत धन बहादुर बुढाले स्वतन्त्रबाट पुनः ढकारी गाउँपालीका अध्यक्षमा मनोनयन दर्ता गराएका थिए ।

बुढाले नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार प्रकाश बहादुर साउदलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको बिज्ञप्ति मार्फत उल्लेख गरेका छन।

नि. वर्तमान ढकारी गाउँपालिका अध्यक्ष बुढा नेपाली कांग्रेस ढकारीको सभापति समेत हुन।

तपाईको प्रतिक्रिया