Advertisement
SKIP THIS
अछामको ढकारीमा चक्कु प्रहार प्रहारबाट ४ जना घाइते

निराकरण खवर अछाम:अछाममा चक्कु प्रहार प्रहारबाट ४ जना घाइते भएका छन् ।

गय राति जिल्लाको ढकारी गाउँपालिकाम १ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढालाई सोही ठाउँकै तपेन्द्र बुढाको १० जनाको समुहले चक्कु प्रहार गरि घाइते बनाएको जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ।

चक्कु प्रहार गरी घाईते भएका उनिहरुको स्वस्थ्य चौकी ढकारीमा सामान्य उपचार पछि थप उपचारको लागि जिल्ला अस्पताल ल्याईरहेको प्रहरीले जनाएको छ।

मान बहादुर बुढाको टाउको र ढाडमा चोट अबस्था गम्भिर, हिक्मत बहादुर बुढाको टाउको हात खुट्टामा चोट अवस्था गम्भिर, तुलसी बुढाको टाउकोमा चोट अवस्था मध्यम, खगेन्द्र बुढाको हात खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

स्थानीयको बिहे भोजमा मदिरा सेवनपछि दुई समूह ढुंगा हानहानको अवस्था सिर्जना भएको पछि तपेन्द्र बुढाको १० जनाको समुहले चक्कु प्रहार गरेको प्रहरीको भनाइ रहेको छ।  तपेन्द्र बुढा प्रहरीको नियन्त्रणमा रहेका छन् भने अन्य फरार रहेका छन।

तपाईको प्रतिक्रिया