तारामान खड्का अछाम:१० वटा स्थानीय तह रुहेको अछाम जिल्लामा बैशाख ३० गते हुने स्थानीय तहको स्थानिय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न विभिन्न राजनितीदल र स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन ।
१० वटा पालिकामा ४ सय ७५ पदका लागि १ हजार ५ सय २३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ ।
क्षेत्र नं १ का साफेबगर नगरपालिका ३ नगर प्रमुख सहित १८२, चौरपाटी गाउँपालिकामा ३ अध्यक्ष सहित ११३, बान्नीगढी जयगढ गाउँपालिका ६ अध्यक्ष सहित १०६,रामारोशन गाउँपालिका ४ अध्यक्ष सहित १११, मेल्लेख गाउँपालिकामा ५ अध्यक्ष सहित १६७ जनाको उम्मेदवारी दर्ता गरिएको निर्वाचन कार्यलय अछामले जनाएको छ।
यस्तै क्षेत्र नं २ का मंगलसेन नगरपालिकामा ४ प्रमुख सहित १९२, कमलबजार नगरपालिकामा ७ नगर प्रमुख सहित १६५ ,तुर्माखाँद गाउँपालिका ७ पालिका अध्यक्ष सहित १६४, ढकारी गाउँपालिकामा ४ पालिका अध्यक्ष सहित १३७, र पञ्चदेवल विनायक नगरपालिकामा ६ नगर प्रमुख सहित १८६ जनाको उम्मेदवारी परेको हो।
१० स्थानीय तह र कुल ९१ वडाबाट कुल ४ सय ७५ जना जनप्रतिनिधिका लागि निर्वाचन हुदैछ।जसमा १० पालिका प्रमुख १० उप प्रमुख ९१ वडा अध्यक्ष र ३६४ वडा सदस्य निर्वाचीत हुनेछन् ।