तारामान खड्का अछाम:अछामका १० ओटा स्थानीय तहमा विभिन्न राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नं १ को साफेबगर नगरपालिकामा नेपाली कांग्रेस र समाजबादीले सयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । साफेबगर नगरपालिका कांग्रेसबाट राजेन्द्र कुँवर र समाजबादीबाट शिलोज कुँवरले दर्ता गराएका हुन। यस्तै चौरपाटी गाउँपालीकाका अध्यक्षमा नेपाली कांग्रेसका भिम बहादुर साउद, उपाध्यक्षमा सुरु देबि खड्का, ऐमालेबाट अध्यक्षमा राम बहादूर आउजि उपाध्यक्षमा अनिता खड्का र समाजवादीबाट हर्क साउद अध्यक्ष , माओवादीबाट जीवन बिक्रम साउद उम्मेदवार बनेका छन।
यस्तै बान्नीगढी जयगढ गाउँपालीकामा कांग्रेस र माओवादी बिच गठबन्धन भएको छ। कांग्रेसबाट अध्यक्ष टेक बहादुर साउद र उपाध्यक्षमा माओवादीबाट निर्मला साउद, एमालेबाट लोक बहादूर साउद, उपाध्यक्षमा बिन्दू रावल र समाजवादीबाट तरुन खड्काले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन। कांग्रेस र समाजवादी बिच रामारोशनमा भएको गठबन्धनमा अध्यक्षमा कांग्रेसबाट मान बहादुर साउद समाजवादीबाट उपाध्यक्षमा तारा प्रशाद खनाल माओवादी केन्द्रबाट अध्यक्षमा पहल साउद र उपाध्यक्षमा सिर्जना बुढा ,एमालेबाट चक्र रावल अध्यक्ष र बसन्ति साउदले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छन।
मेल्लेखमा माओवादी केन्द्र र कांग्रेसको गठबन्धन हुने भनिएको छ। अध्यक्षमा माओवादीबाट ज्वाला साउदले उम्मेदवारी दर्ता गराएका छन। यस्तै अध्यक्षमा कांग्रेसबाट शेर बहादुर शाह,उपाध्यक्षमा कांग्रेसका नृप खड्का र बिमला कुमारी कार्कि समाजवादीबाट अध्यक्षमा डम्बर नेपाली उपाध्यक्षमा समिता महर र राप्रपाबाट ध्वज बहादुर साउदले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन।
क्षेत्र नं २ को मंगलसेन नगरपालिकामा नेपाली कांग्रेस र समाजवादीको गठबन्धनबाट प्रमुखमा नेपाली कांग्रेसका नम बहादुर शाही उप प्रमुखमा समाजवादीका बम बहादुर रावल एमालेबाट पदक बहादुर बोहरा प्रमुख र संगिता रावल सोडारी उप प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
कमलबजार नगरपालिकामा कांग्रेसबाट प्रमुखमा यज्ञ ढकाल उप प्रमुखमा गौरी बिष्ट भण्डारी ऐमालेबाट कटक साउद प्रमुख शारदा बिष्ट उप प्रमुख माओवादी केन्द्रबाट प्रमुखमा नरेन्द्र प्रशाद बजगाई उप प्रमुखमा बम बहादुर रावत समाजवादिबाट प्रमुखमा प्रेम बिष्ट र राप्रपाबाट शेर बहादुर बिष्टले नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
तुर्माखाद गाउँपालीकामा नेपाली कांग्रेसबाट अध्यक्षमा कर्ण बुढा र उपाध्यक्ष अनुजा बिष्ट सिजापति एमालेबाट अध्यक्षमा डम्बर बिसि उपाध्यक्षमा बिमला शाही माओवादी केन्द्रबाट मन ब बयकले उम्मेदवारी दर्ता गराएका छन।
पञ्चदेवल बिनायक नगरपालिकामा कांग्रेसबाट प्रमुखमा अम्बिका चलाउने हर्क बहादूर रावल उप प्रमुख ,ऐमालेबाट प्रमुखमा नन्द बहादुर कडायत, उपमा राजु सञ्ज्याल माओवादीबाट राम बिक प्रमुख गिता रावल उप प्रमुख , समाजवादीमा योगेन्द्र बहादुर बिष्ट प्रमुख , कृष्णा जैशि न्यौपानेले उप प्रमुखमा उम्मेदवार दिएका छन् । पञ्चदेवलमा गायक टंक तिमिल्सैनाले स्वतन्त्रतबाट पालिका प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन।
ढकारी गाउँपालीकामा नेपाली कांग्रेसका तर्फबाट प्रकाश साउँद अध्यक्ष नेत्रकला शाहि उपाध्यक्ष, एमालेबाट अध्यक्षमा धर्म बहादुर शाहि,उपाध्यक्षमा मायादेबि बुढा र समाजवादीबाट अध्यक्षमा शेर बहादुर बुढा उपाध्यक्षमा देवकला खत्रि चलाउने उम्मेदवारी दर्ता गराएका छन् ।