Advertisement
SKIP THIS
समाजवादीले खाता खोल्यो,दुई गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष निर्विरोध निर्वाचित

काठमाडौं: बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मनोनयन कै दिन नेकपा(एकिकृत समाजवादी)ले खाता खोलेको छ ।

समाजवादीका तर्फबाट उम्मेदवारी दिएका दुई गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

समाजवादीका उप महासचिव प्रकाश ज्वालाले दिएको जानकारी अनुसार काइके गाउँपालिका अध्यक्ष अङ्गत राना, छार्का ताम्सोङ गाउपालिका अध्यक्ष सेनाङ गुरुङ निर्विरोध भएका हुन् ।

त्यस्तै, डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् ।त्यस्तै, एकिकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका ६ जना वडा अध्यक्षहरु पनि निर्विरोध भएका बताइएको छ ।

तपाईको प्रतिक्रिया